Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – आईफोनको व्यापार घट्न थालेपछि उत्पादक कम्पनी एपलले आफ्ना उत्पादनको बिक्री बढाउन सम्भावित क्रेताहरूलाई आकर्षित गर्ने उपाय खोज्न थालेको छ । सोमवार एपलले ‘आईफोन १६’ सार्वजनिक गरेको छ। त्यसमा ह्यान्डसेटको बाहिरपट्टि क्यामराको बटन छ ।

एपलले सो बटन आफ्नो नवीनतम स्मार्टफोनमा गरिएका आन्तरिक परिवर्तनहरूको “बाह्य सङ्केत” भएको जनाएको छ । एपलले आर्टिफिशल इन्टेलिजन्स (एआई)को नवीनतम प्रयोगबाट लाभ लिन खोजेको देखिन्छ ।

एपल के भन्छ ?
एपलका प्रमुख कार्यकारी टिम कुकले अहिले गरिएका सुधारले स्मार्टफोनले के गर्न सक्छ भन्ने परिधि विस्तार गरिदिने बताए । अन्य ब्र्यान्डहरूले पहिले नै आफ्ना ह्यान्डसेटमा ‘जेनरेटिभ एआई’ सुविधा उपलब्ध गराइसकेको जनाउँदै कुकले एपलले कडा प्रतिस्पर्धाको खेप्नुपरेको बताए ।

एपलले आईफोन १६ र आफ्ना अन्य उत्पादन सार्वजनिक गर्ने समयलाई ‘ग्लोटाइम’ भनेको थियो । त्यस बेला एपलको शेअर मूल्य खस्केको भए पनि दिनको अन्त्यतिर पहिलेकै अवस्थामा फर्कियो । एपल कम्पनीको मूल्याङ्कन ३० खर्ब अमेरिकी डलर गरिएको छ । तर तीव्र गतिमा फैलिँदो एआईको क्षेत्रमा उक्त कम्पनीले आफ्नो प्रभाव देखाउन नसकिएको भन्दै चिन्ता र चासो व्यक्त हुने गरेको छ ।एअरपोडमा परिवर्तन
एपलले एपल वाच र एअरपोड हेडफोनहरूमा सुधार गरेको घोषणा पनि गरेको छ । नयाँ घोषणाअनुसार एअरपोडहरूमा अब आवाज स्वत: कम हुने छ ।

फोनमा कुराकानी गरिरहेको व्यक्तिले कसैसँग व्यक्तिगत रूपमा कुराकानी गर्न थाल्दा वा टाउको हल्लाउँदा आवाज कम हुने सुविधा अब प्रयोगकर्ताले पाउने एपलले जनाएको छ । एपलका अनुसार ‘प्रो’ संस्करणका एअरपोडहरू क्लिनिकल ग्रेडका हुने छन् ।

एपलका अनुसार सामान्य तथा मध्यम खालको सुन्ने क्षमता कम भएका व्यक्तिहरूले ती साधन प्रयोग गरेर आफ्नो सुन्ने क्षमता बढाउन सक्छन् । कम्पनीले यी साधनको बजारीकरणका लागि नियामक निकायको अनुमति कुरिरहेको छ र चाँडै अनुमति पाउने अपेक्षा गरेको छ ।

त्यसपछि यसै शरद् ऋतुदेखि अमेरिका, जर्मनी र जापानलगायत १०० देशहरूमा उक्त सुविधा उपलब्ध हुन सक्ने एपलको आशा छ । यसअघि उक्त कम्पनीले सुन्ने क्षमता बढाउने साधनलाई आईफोन र आफ्ना अन्य डिभाइसमा जोड्न मिल्ने सुविधा दिइसकेको छ । -बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया