Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)का उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा माहरा फेरि चर्चामा आएकी छिन् । यसअघि उनी पति शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमलाई ‘तलाक’ दिएपछि चर्चामा आएकी थिइन् ।

अहिले माहराले भर्खरै नयाँ परफ्युम लन्च गरेकी छिन् । यो पर्फ्युमको नामले धेरैको ध्यान खिचिरहेको छ । उनले परफ्युमको नाम ‘डिभोर्स’ राखेकी छिन् । नामकै कारण सामाजिक सञ्जालमा यसको निकै चर्चा भइरहेको छ ।

दुबईकी ३० वर्षीया राजकुमारी शेखा माहराले आफ्नो ब्राण्ड माहरा एम १ अन्तर्गत डिभोर्स नाम गरेको पर्फ्युम लन्च गरेकी छिन् । सोमबार आफ्नो इन्स्टाग्राम एकाउन्टमा यो जानकारी दिएकी थिइन् ।

यसमा उनले पर्फ्युमको टिजर शेयर गरेकी छन् । पोस्टमा कालो डब्बा सेतो अक्षरमा डिभोर्स लेखिएको छ । टिजरमा शिशाको टुक्रा, कालो पत्र र कालो ढुङ्गा देखाइएको छ । यो टिजर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया