Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शेयर बजारको गिरावट बुधबार पनि जारी रहेको छ। गत साताको बुधबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। पछिल्लो ६ दिनमा मात्रै नेप्से करिब २२० अर्थात् २१९.९७ अंकले घटेको छ। आज चाही नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ को विन्दुमा झरेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूह बढेको छ भने १० वटा घटेको छ। यो दिन ६६ कम्पनीको शेयरभाउ बढ्दा १७४ वटाको घटेको छ भने ४ वटाको स्थिर रहेको छ।

घटेको बजारमा आज विन नेपाल लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको शेयरभाउमा भने सकारात्मक सर्किट लागेको छ। एसियन हाइड्रोपावरको शेयरभाउ भने सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ। यो दिन सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। कारोबार ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुम्चिएको छ।

 

तपाईको प्रतिक्रिया