Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा चर्चित कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

विभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने र युरोपेली मुलुकहरुमा राम्रो काम र आम्दानी हुने भन्दै उनको रकम असुली गरेको पाइएको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

शंकरले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्म प्रालिको नामको खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाएका थिए । कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेको सिआइबीको भनाई छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया