Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँबाट सुर्खेततर्फ उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको छ।

आज बिहान ७ बजे उडेको श्री एयरलाइन्सको ‘एसएचए १२१’ विमान ८ मिनेटमै विमानस्थलमा फिर्ता ल्याइएको हो। जहाजको चक्कामा स्टेयरिङ लक भएपछि सुरक्षित अवतरणका लागि जहाज तुरुन्तै फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ। अवतरण क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो।

श्री एयरलाइन्सको यो विमान आजका लागि पहिलो उडान थियो। अहिले उडान अवतरण सामान्य भएको छ।

तपाईको प्रतिक्रिया