Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बर्न्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले हालको विश्व व्यवस्था शीतयुद्धपछि देखिएको सबैभन्दा ठूलो खतरामा रहेको चेतावनी दिएका छन्। फाइनान्सियल टाइम्समा लेखिएको लेखमा उनीहरूले रूस, चीन र मध्यपूर्वबाट उत्पन्न भइरहेका अभूतपूर्व खतराहरूलाई सामना गर्न अमेरिका र बेलायतबीचको साझेदारी अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्।

रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि, अमेरिका र बेलायत युक्रेनको प्रमुख आर्थिक र सैन्य सहयोगी बनेका छन्। लेखमा, दुई गुप्तचर प्रमुखले रूसले युरोपभरि चलाइरहेको गुप्तचरी अभियानलाई निस्तेज गर्न मिलेर काम गरिरहेको खुलासा गरेका छन्। साथै, उनीहरूले आधुनिक प्रविधिहरू, विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड टेक्नोलोजीको प्रयोग, कसरी पश्चिमा मुलुकहरूमा महत्त्वपूर्ण साबित भइरहेको छ भन्ने विषयको लेखमा महत्त्वका साथ उल्लेख गरिएको छ ।

यो चेतावनी अमेरिकामा सेप्टेम्बर १३ मा राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई वासिङ्टनमा स्वागत गर्ने तयारी भइरहेका बेला आएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि मात्र तय भएको थियो । ह्वाइट हाउसले शुक्रबार भनेको छ, ‘उनीहरू (बाइडेन र स्टर्ममर) ले अन्य कुराका साथै युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन् ।

इजरायलसँग सम्बन्धित दुई राष्ट्रको भिन्न धारणा रहेको समयमा यो बैठकको आयोजना गरिएको छ। बेलायतले गाजामा भइरहेको द्वन्द्वका बीच, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरी आफ्ना हतियार प्रयोग हुने सम्भावना देखाउँदै इजरायललाई हातहतियार निर्यातको ३० अनुमति पत्र स्थगित गर्ने निर्णय गरेको छ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया