Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल सरकार र जर्मन सरकारबीच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको बर्लिनमा सम्पन्न भयो। वार्तामा जर्मन सरकारले आगामी दुई वर्षका लागि ५१ मिलियन यूरो अनुदान सहायता प्रदान गर्ने सहमति भएको छ। यो सहायता नेपालमा स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित ऊर्जा प्रवर्द्धन गर्ने र तहगत सरकारका निकायहरूको संस्थागत सुदृढीकरणमा प्रयोग गरिनेछ।

नेपाली पक्षले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने अभियानमा जर्मन सरकारको सहयोगलाई निरन्तरता दिन आग्रह गरेको छ। जर्मन सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

वार्तामा जलवायु परिवर्तन, लैङ्गिक समता, वातावरणीय दिगोपन र गरिबी न्यूनीकरणजस्ता विषयमा पनि सहकार्य गर्ने विषयमा छलफल भएको थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले गरेका थिए भने जर्मन पक्षको नेतृत्व आर्थिक सहायता तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालयको संसदीय राज्य सचिव वार्वेल कोफ्लरले गरे।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया