Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तिज पर्वको अवसरमा भगवान श्रीपशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरूका लागि आवश्यक सुरक्षा, स्वयंसेवा, चन्दन प्रसाद र दर्शन व्यवस्थापनको काम सम्पन्न भएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बिहीवार जानकारी गराए।

दर्शनार्थीहरूको सुविधाका लागि विभिन्न मार्गबाट मन्दिर प्रवेश र बाहिरिने व्यवस्थापन गरिएको छ। गौरीघाट, उमाकुण्ड, मित्रपार्क, पिङ्गलास्थान, तिलगंगा र अन्य स्थानहरूबाट दर्शनार्थीहरू मन्दिर प्रवेश गरी दर्शन गर्न सक्नेछन्। दर्शन छिटो गराउन मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिने व्यवस्था मिलाइएको छ।

श्रीपशुपतिनाथको मन्दिरमा विशेष पूजा र महाभोगका बेला बाहिरबाट दर्शन गर्न सकिने व्यवस्था समेत गरिएको छ। चन्दन वितरणका लागि पशुपति परिसर र अन्य विभिन्न स्थानहरूमा व्यवस्था मिलाइएको छ। तेश्रो मुलुकका पर्यटकलाई मन्दिर प्राङ्गण बाहेकको क्षेत्र अवलोकन गर्न दिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया