Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको जर्जिया राज्यको एटलान्टास्थित अपालाची हाइस्कुलमा १४ वर्षीय छात्रले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ विद्यार्थी र २ शिक्षक रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। मृत्यु हुने विद्यार्थीहरूमा १४ वर्षका मेसन शेरमरहर्न र क्रिस्टियन एंगुलो छन् भने, दुई शिक्षकहरु ३९ वर्षीय रिचार्ड एस्पेनवाल र ५३ वर्षीया क्रिस्टिना इरिमिईको मृत्यु भएको छ। घटनामा अन्य ९ जना घाइते भएका छन् तर उनीहरू खतरामुक्त रहेको बताइएको छ।

गोली चलाउने छात्र १४ वर्षीय कोल्ट ग्रे रहेको र उनलाई बालिगसरह कारबाही गरिने जर्जिया ब्युरो अफ इन्भेस्टिगेसनका निर्देशकले बताएका छन्। कोल्ट ग्रेलाई अघिल्लो वर्षपनि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले सामाजिक सञ्जालमार्फत विद्यालयमा नै गोली चलाउने चेतावनी दिएकाले सुरक्षाकर्मीले सोधपुछ गरेका थिए। एफबिआईले उनलाई निगरानीमा राखेको थियो।

घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूले कोल्टलाई समातेर उनलाई हिरासतमा लिएका थिए। प्रारम्भिक सोधपुछमा उनले एक्लै यो घटना गरेको बताएका छन्। प्रहरीले उनका बाबुलाई पनि प्रहरीले सोधपुछ गरेको छ। किशोरका बाबुले आफूसँग सिकार खेल्न प्रयोग गरिने बन्दुक रहेको बताएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया