Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ। आजको कारोबारमा बजार ९० दशमलव ७३ अंकले गिरावट आएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० अंकले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ अंकमा झरेको छ। मंगलबार नेप्से २८३० दशमलव १६ अंक रहेको थियो ।

बुधबार १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ। त्यसैगरी १ कम्पनी शेयर मुल्य स्थीर रहेको छ।

 

तपाईको प्रतिक्रिया