समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य सोही दरमा कायम रहेको थियो।
तर, चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १७ सय ७५ रुपेयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १७ सय ५५ रुपैयाँमा झरेको हो ।