Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नोबेल शान्ति पुरस्कार दिइनु पर्ने माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले प्रचण्ड नेपालको लोकतान्त्रिक गणतन्त्र‚ समावेशी समानुपातिक व्यवस्थाका लागि भगवान राम जस्तै लडेकाले राम सरह जनक भनिनुपर्ने पनि माग गरेका हुन् ।

‘प्रचण्ड नागरिकको पक्षमा समावेशी, लोकतन्त्र र समानुपातिक व्यवस्थाका लागि लड्नु भयो । राम जस्तै उहाँलाई जनक भनिनु पर्छ, शान्तिका लागि अथक प्रयास गर्नु भएकाले नोबेल पुरस्कार दिनुपर्छ ।’

उनले एमालेले माओवादी जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाए । साथै यो देशमा एकीकरणको समय पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा धेरै मानिस मरेको भन्दै उनले त्यो हत्या हो कि होइन जवाफ दिनुपर्ने धारणा राखे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया