समाचार सुन्नुहोस :
काठमाडौँ – सिन्धुपाल्चोकमा मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका जानकारी अनुसार भूकम्प बिहान ६ः११ बजे सिखरपुरलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको थियो।
यस भूकम्पको झट्का छिमेकी जिल्लाहरूमा पनि महसुस गरिएको थियो। बिहानै भूकम्पको धक्का पाउँदा यहाँका बासिन्दाहरू त्रसित हुँदै घर बाहिर निस्किएका थिए।