Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अघिल्ला केही दिन ओरालो लागेको सेयर बजारमा सोमबार भने १२७ अंकको वृद्धि भएको छ । उक्त अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा अडिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १३ अर्ब १० करोडको कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएको थियो ।

यस दिन २३९ कम्पनीको मूल्य बढ्दा ५ को घटेकाे छ । सोमबार सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको बढेको छ । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, निर्जीवन बीमा ४.८१, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे ।

यस्तै, यस दिन करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

 

तपाईको प्रतिक्रिया