Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – बंगलादेशमा दुर्गा पूजाका लागि बनिरहेको मूर्ति तोडफोड भएको घटना सार्वजनिक भएको छ । मेघालय बोर्डरसँगैको बंगलादेशको शेरपुर जिल्लामा ३१ अगस्टको राति केही व्यक्तिहरूले एक मन्दिरमा त्यस्तो घटना घटाएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीहरू शनिबार राति शेरपुरको बरवारी मन्दिरको ताला फुटाएर भित्र पसेका थिए । मन्दिर समितिका महासचिव सागर रविदासले बताएअनुसार केही व्यक्तिहरूले मन्दिरको ताला र चेन तोडेर भित्र पसेका थिए । त्यसपछि उनीहरूले माटोबाट बनेकी माताको मूर्ति तोडिदिए । त्यसपछि पेट्रोल छर्केर मूर्ति जलाउने प्रयास पनि गरे। घटनाको जानकारी पाउनासाथ स्थानीय प्रहरी र सेनाका जवानहरू घटनास्थलमा पुगे ।

यद्यपि, कुनै कारणवश मूर्तिमा आगो लाग्न सकेन । त्यसपछि ती व्यक्तिहरू घटनास्थलबाट भागे।स्थानीय प्रहरी थानाका इन्चार्ज कय्युम खान सिद्दिकीले आरोपीहरूमाथि कारबाही गर्ने बताएका छन् । उनले भने, ‘घटनाको अनुसन्धानपछि मन्दिर तोडफोड गर्नेहरूमाथि कारबाही गरिनेछ ।’ यद्यपि, घटनामा हालसम्म कुनै पनि आरोपित पक्राउ परेका छैनन्। बंगलादेशमा नयाँ सरकार गठनपछि हिन्दुहरूमा डर फैलिएको छ ।

सरकारले हिन्दुहरूको सुरक्षाको लागि आश्वासन दिएको छ । हालै बंगलादेश हिन्दु बौद्ध इसाई एकता परिषद्का महासचिव राणा दास गुप्ताविरुद्ध हत्या मुद्दा दर्ता गरिएको थियो । यसको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेका थिए ।

बंगलादेश हिन्दु बौद्ध इसाई एकता परिषद्का अनुसार देशमा नयाँ सरकार गठन भएपछि अल्पसङ्ख्यक समुदायका शिक्षकहरूलाई जबरजस्ती राजीनामा गर्न लगाइरहेको छ । हालसम्म अल्पसङ्ख्यक समुदायका ४९ शिक्षकले राजीनामा दिइसकेका छन् । तीमध्ये केवल १९ जनालाई पुनःस्थापना गरिएको छ ।

बंगलादेश हिन्दु बौद्ध इसाई एकता परिषद् र बंगलादेश पूजा उदयापन परिषद्ले ९ अगस्टमा अन्तरिम सरकारका प्रमुख सल्लाहकारलाई खुला पत्र लेखेका थिए । यस पत्रमा सरकारले अल्पसङ्ख्यकहरूलाई सुरक्षा प्रदान गर्न आग्रह गरेका थिए । हसीना सरकारको पतनपछि ५२ जिल्लामा हिन्दहरूमाथि आक्रमणका २०५ घटनाहरू सार्वजनिक भएका थिए । ती घटनाहरूको उल्लेख परिषद्ले खुला पत्रमा गरेका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया