समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला तीन सय रुपैयाँले घटेको सुनको मूल्य आज थप छ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि आइतबार अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस २५ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।