Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

वास्तुशास्त्रका अनुसार घरमा राखिएको हरेक सामानले त्यस घरका मानिसहरूलाई असर गर्छ । घरको सबै सामान वास्तुसँग सम्बन्धित छ । त्यसमध्ये घडी पनि एक हो ।

घडी भाग्यसँग नजिकबाट सम्बन्धित रहेको वास्तुले बताएको छ । वास्तुका अनुसार घरमा एउटा घडी राख्नुले भाग्योदय हुने विश्वास गरिन्छ । त्यही घडीको दिशाले नराम्रो भाग्य बढाउन पनि सक्छ ।

घडीले मानिसको समय राम्रो र नराम्रो बनाउन सक्छ । यदि घडी तपाईँको घरको गलत स्थानमा गरिएको छ भने, तपाईँले लगातार कष्ट भोग्नु पर्ने हुन सक्छ ।

वास्तुशास्त्रको नियम अनुसार, कोठामा भित्ते घडीको लागि उत्तम दिशा पूर्व, पश्चिम र उत्तर हो । यस दिशामा घडी लगाउनु शुभ मानिन्छ ।

धनको देवता कुबेरले उत्तरमा शासन गरेको भनिन्छ । राजा इन्द्रले पूर्वमा शासन गर्छन् । यस्तो अवस्थामा यो दिशामा घडी राख्नु फलदायी हुन्छ । यसले जीवनमा समृद्धि र विकास ल्याउँछ । परिवारमा खुसीको वातावरण ल्याउँछ ।

कोठाको दक्षिण कुनामा भित्ते घडी राख्नु हुँदैन । वास्तु शास्त्रको नियम अनुसार हरेक कोठामा घडी राख्नु हुँदैन, ओछ्यानको नजिक पनि राख्नु हुँदैन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया