Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत अवस्थामा भेटिएका छन्। प्रारम्भिक अनुसन्धानले उनीहरूलाई विष सेवन गराएर हत्या गरिएको आशंका गरिएको छ। सुन्दरहरैंचा ७ गोठगाउँमा तीन वर्षीया अर्पणा कार्की र एक वर्षीया आइका कार्कीको शव फेला परेको हो। मृतक बालिकाहरू धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोलमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरीहरू हुन्। घटनास्थलमा विषादी भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार अर्जुन र अस्मिताबीच हिजो साँझ ६ बजेतिर झगडा भएको थियो। सवारी चालक अर्जुन बिहानै काममा निस्किएका थिए भने अस्मिता बिहानै दुई बच्चाहरूलाई लिएर पूर्वाञ्चल विश्वविद्यालयतर्फ गएको स्थानीयले जानकारी दिएका छन्। तर, दिउँसो साढे ४ बजेतिर दुई बालिकाको शव भेटिएको थियो। बालिकाहरू मृत अवस्थामा फेला परे पनि आमा अस्मिता भने बेपत्ता रहेकी छन्। प्रहरीले अस्मिताले आफ्ना छोरीहरूलाई विष खुवाएर फरार भएको हुनसक्ने आशंका गरेको छ।

‘अस्मितालाई नभेटेसम्म घटनाको वास्तविकता नआउने भएकोले उनको खोजी भइरहेको छ । बालबालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी कार्कीले भने ।

 

तपाईको प्रतिक्रिया