Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानको एक न्यारोबडी मर्मतमा कमजोरी गर्ने तीन जना इन्जिनियर निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले म्यानुफ्याक्चर कम्पनीको सिफारिस बिनाका पाटपूर्जा प्रयोग गरेको र जहाज मर्मतमा कमजोरी गरेको भन्दै निगमका तीन जना इन्जिनियरलाई निलम्बन गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निगमको ए ३२० नामक ९-एन एकेडब्लु कलसाइनको जहाज भदौ ८ गते शनिबार नै समस्या आएको थियो । जहाजको हाइड्रोलिक सिस्टमको एउटा उपकरण निकालेर नयाँ हाल्नुपर्ने थियो । तर खोल्नुपर्ने एउटाको ठाउँमा अर्को खोलिएको र एकपटक खोलेको आइसिबी पुनः राख्न नमिल्ने अवस्थामा उनीहरूले हाइड्रोलिक लिकेज भएको टाल्न सुपर ग्लु प्रयोग गरेको आरोप लागेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार तीनै जना इन्जिनियरलाई अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको छ।

न्यारोबडी जहाज मर्मतमा गम्भीर कमजोरी भएको गुनासो आएपछि प्राधिकरणले गत मंगलबार निरीक्षण गरेको थियो । बिहीबार प्राधिकरणकै इन्जिनियरहरूको रोहबरमा मर्मत गरेर ‘ह्यान्डलिङ फ्लाइट’ गरेको थियो । उक्त उडान सफल भएसँगै अहिले न्यारोबडी नियमित उडानमा छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया