Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउडमा सबैभन्दा धनी कलाकारको सूचिमा शाहरूख खान शीर्ष स्थानमा रहेका छन्। शुक्रबार सार्वजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरूख खानले इन्ट्री गरेका छन् । रिपोर्ट अनुसार शाहरूखको सम्पत्ति ७३०० करोड छ। अभिनयबाट कमाउने आम्दानीको अतिरिक्त शाहरूखको रेड चिलिज नामक फिल्म प्रोडक्सन कम्पनी छ भने उनले कोलकाता नाइट राइडर्स आइपीएल टिममा पनि लगानी गरेका छन्।

शाहरूख खानपछि उनकी बिजनेस पार्टनर तथा अभिनेत्री जुही चावलाको सम्पत्ति ४६०० करोड रहेको छ। जुहीले शाहरूखसँग रेड चिलिज र कोलकाता नाइट राइडर्समा पनि साझेदारी गरेकी छिन्। तेस्रो स्थानमा अभिनेता ऋतिक रोशन छन् जसको सम्पत्ति २००० करोड रहेको छ। चौथो स्थानमा रहेका अमिताभ बच्चनको कुल सम्पत्ति १६०० करोड छ। अभिनयबाहेक अमिताभले विभिन्न कम्पनीहरूमा पनि रणनीतिक लगानी गरेका छन्।

पाँचौं स्थानमा रहेका निर्माता तथा निर्देशक करण जोहरको सम्पत्ति १४०० करोड रहेको छ। करणको मुख्य आम्दानी स्रोत भनेको उनका फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन हो।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया