Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले तीन नेताहरूलाई वरिष्ठ नेताको रूपमा नियुक्त गरेको छ। केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेताको रूपमा मनोनित गरेको हो।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनमा माधव कुमार नेपाल अध्यक्षमा, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिवमा सर्वसम्मत चयन भएका थिए। अन्य पदाधिकारी र पोलिटब्यूरो सदस्यहरूको चयनका लागि भने निर्वाचन गराउनुपरेको थियो।

वरिष्ठ उपाध्यक्षको दाबी गरेका तीन नेताहरूलाई माधव नेपालले वरिष्ठ नेताका रूपमा व्यवस्थापन गरेका छन्। घनेन्द्र बस्नेतले वरिष्ठ उपाध्यक्षको लागि मनोनयन दर्ता गराएका थिए तर अन्तिम समयमा मनोनयन फिर्ता लिएपछि राजेन्द्र प्रसाद पाण्डे सर्वसम्मत रूपमा वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए।

तपाईको प्रतिक्रिया