Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले चाडपर्वका लागि कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि, र गुणस्तरहीन वस्तुको बिक्री–वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन्। चाडपर्वलक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमनसम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएका हुन् । उनले चाडपर्वमा दैनिक उपभोग्य सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने र कृतिम अभाव कुनै हालतमा सह्य नहुने बताएका छन्।

मूल्यवृद्धि र गुणस्तरहीन वस्तुहरूको बिक्री कडाइका साथ नियन्त्रण गर्न पनि उनले आग्रह गरे। लेखकले एकीकृत रूपमा काम गर्नुपर्ने र चाडपर्वपछि परिणामको मूल्यांकन गर्न अर्को बैठक बस्ने बताए। गृहसचिव एकनारायण अर्यालले बजार अनुगमनमा तीव्रता दिनुपर्नेमा जोड दिए। बाणिज्य विभागले अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला अधिकारीहरूसँग समन्वय गर्ने जानकारी गराएको छ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया