Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडिआइजी र एक बहालवाला सइसहित १० जना पक्राउ परेका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको अभियोगमा बुधबार राति २ बजे नेपाल प्रहरीका पूर्वडिआइजी ज्ञानविक्रम शाह, बहालवाला सइ सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

पक्राउ परेका अन्यमा इटहरी–२ का प्रदीप लिम्बू, राजविराज–७ का रविन दास, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जर्नादन राउत, ओमशंकर प्रसैला, लक्ष्मण मण्डल र शंकर खिडहरी यादव पनि छन्। डिएसपी न्यौपानेले उनीहरूको साथबाट २२ क्यालिबरको राइफल, दुई म्यागजिन, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोड, फलामको हथौडा, खुर्पा, र मारिएको बँदेल लोड गरिएको ट्रयाक्टर र स्कारपियो गाडी समेत बरामद गरिएको जानकारी दिए। घटनाबारे अनुसन्धान जारी रहेको छ।

मन्त्रिपरिषद्ले ७ मंसिर ०८० मा हानिकारक वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो । जसअनुसार बाली खान आएको वेला खेतबारीमै मार्न सकिने, तर मारेको बँदेल जनप्रतिनिधिको रोहवरमा गाड्न वा मूल्य तोकी मासु बिक्री–वितरण गर्नसमेत सकिने व्यवस्था छ।

 

 

 

 

तपाईको प्रतिक्रिया