Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि भौतिक पूर्वाधार र सेवा सुविधाहरूमा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन्। बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रममा बोल्दै उनले देशको आर्थिक अवस्था राम्रो नहुँदा पनि खेलाडीहरूको सुविधामा सुधार गर्न सरकारले विशेष ध्यान दिने बताए। उनले भलिबल टिमका लागि कभर्ड हलको आवश्यकता रहेको विषयमा खेलाडीहरूको मागप्रति सरकार सचेत रहेको र यसतर्फ आवश्यक काम भइरहेको जानकारी गराए।

प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको खराब अवस्थाले देशको प्रतिष्ठामा आँच पुऱ्याएको उल्लेख गरे। भूटानको पारोसँगको खेलका क्रममा देखिएको रंगशालाको अवस्था देशकै अपमान भएको भन्दै उनले दशरथ रंगशालाको पुनर्निर्माणमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले रंगशाला बिग्रिएको अवस्थामा देशको बेइज्जत हुने अवस्था आउन नदिन २५ हजार दर्शक क्षमता भएको रंगशालाको निर्माण आवश्यक रहेको औंल्याए।

साथै, उनले खेल मैदानको दुरुपयोग पनि नगर्न र १०औं राष्ट्रिय खेलकुद आयोजनाको तयारीमा दशरथ रंगशालालाई उच्च गुणस्तरमा सुधार गर्न निर्देशन दिए।

 

 

तपाईको प्रतिक्रिया