Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – अमेरिकाको टेक्सास राज्यस्थित ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । संदिग्धलाई अमेरिकी समयअनुसार बुधबार बेलुका ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो ।

ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको थियो । संदिग्धको हालसम्म पहिचान खुलाइएको छैन । संदिग्धसँग प्रहरीले बयान लिएपनि अभियोगहरु लगाइसकेको छैन । प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको थियो ।

सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो । मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको हो ।

यो पनि : मुनाको ज्यान लिने हत्याराको तस्बिर सार्वजनिक, समुदायबाट सहयोगको अपिल

तपाईको प्रतिक्रिया