Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो ।

यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । उनीमाथि गोली प्रहार भएको थियो । सिसिटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् ।

प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभइसकेको बताएको छ । यद्यपि मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई बताएका छ । प्रहरीले अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनेका छन् ।

गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो । मुना भोजपुरकी हुन् । शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् । होस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ ।

काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी छन् । आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्ध लाई लिएर केही तनावमा रहेको पनि अनिताले भनेकी छन् । प्रहरीले ती व्यक्ति नरहेको बताइसकेको छ ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । मुनाको शव पोस्टमर्टम गरी होस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ ।

गोफण्डमी अभियान
मुना पाण्डेको अन्तिम संस्कारका लागि सघाउन गोफण्डमीमा अभियान सुरु गरिएको छ । ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको गोफण्डमीमा सहयोगका लागि सबैसँग अपिल गरिएको हो ।

गोफण्डमी अभियानको उद्देश्य मुनाकी आमा अनितालाई अन्तिम संस्कारका लागि अमेरिका ल्याउनका लागि समेत आर्थिक रुपमा सघाउनु रहेको छ ।
गोफण्डमीमा गरिएको अपिलमा मुना र उनकी आमा बीचको गहिरो सम्बन्धलाई जोड्दिँदै अन्तिम क्षणहरूमा आफ्नी छोरीसँग हुन नपाउँदाको पीडालाई उल्लेख गरिएको छ । उठेको रकम अन्त्येष्टि खर्च कभर गर्न र आमा अनिताको ह्युस्टन यात्रालाई सहज बनाउन प्रयोग गरिनेछ ।

मुनाकी अनिताको लागि अकल्पनीय शोकको समय भएको उल्लेख गर्दै कठिन समयमा आमा अनितालाई साथ दिन समुदायलाई आग्रह गरिएको छ । योगदानले आर्थिक बोझ कम गर्न र अनितालाई छोरीको अन्तिम यात्रामा उपस्थित हुन मद्दत गर्नेछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया