Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – काठमाडौंको शंखमुलमा एक स्नुकर सञ्चालकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० शंखमुल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या आरोपमा प्रहरीले बारा सिम्रौनगढ नगरपालिका-७ घर भई काठमाडौं-१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई बुधबार बिहान सवा १० बजे डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार पुरानो रिसइबीका कारण रडले प्रहार गरी हत्या गरेको उनीमाथि आरोप छ । प्रहरीले उनलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ । प्रहरीले घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, व्याग र लुगा पनि बरामद गरेको छ ।

‘प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच व्यक्तिगत रिसइबी देखिएको छ, उनी नजिकै बस्ने हुन्, थप अनुसन्धानबाट खुल्छ’, उनले भने । सोमबार बिहान १ः५० बजे साइबाबा पार्कस्थित घरको भुइँ तलामा रूपक अचेत र रगताम्य अवस्थामा भेटिएका थिए । उनले सोही ठाउँमा स्नुकर हाउस चलाउँदै आएका थिए ।

स्नुकर हाउसको सोफामा उनी रगताम्य अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त बानेश्वरबाट प्रहरी खटिएको थियो । उक्त टोलीले रूपकलाई उद्धार गरी नजिकैको सिभिल अस्पतालमा पुर्‍याएको थियो । अन्दाजी साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया