Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – पटक-पटकको सहमतिमा नेतृत्व चयन गर्ने कोसिस असफल भएपछि नेकपा एकीकृत समाजवादीले चुनावको माध्यमबाट नेता चयन गरेको छ । मंगलबार भएको पदाधिकारी चुन्ने चुनावको मत परिणाम सार्वजनिक भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन् ।

त्यस्तै सचिवमा गणेश बिक, बलदेव चौधरी, श्रीनाथ बराल, साबित्रा भुसाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा नेता राजेन्द्रप्रसाद पाण्डे यसअघि नै सर्वसम्मत भएका थिए । गत असार तेस्रो साता भएको महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको एकीकृत समाजवादीले निर्वाचनबाट बाँकी पदाधिकारी चयन गरेको हो ।

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ ।

हेर्नुस् को कति मत ल्याएर विजयी भए ?

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया