Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – युट्युब च्यानल ‘हेर्ने कथा’ मा ‘हराएका वर्षहरू’ शीर्षकमा प्रकाश तामाङ (काले मोक्तान) को जीवन कथा सार्वजनिक भएको छ । कथा निकै दुःखदायी छ ।

अहिले सामाजिक सञ्जालहरूमा प्रकाशको जीवन कथाका विषयमा विभिन्न कोणहरूबाट टीकाटिप्पणीहरू भइरहेका छन् । ‘हेर्ने कथा’ अनुसार प्रकाशले घर छाडेर हराएको ३४ वर्ष भएको बताइएको छ । यो भिडियो हेरेपछि प्रकाशको जीवन भोगाइको कथाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छोएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो।’

ओली थप लेख्छन्- ‘सोचें-यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया