समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट निलम्बित भएका मुकुल ढकाललाई साधारण सदस्यताबाट पनि निष्कासित गरेको छ। आज पार्टीको केन्द्रीय समिति बैठकमा ढकाललाई पार्टीबाट पूर्ण रूपमा हटाउने निर्णय गरिएको हो।
ढकालमाथि पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लागेपछि पार्टीले उनलाई स्पष्टीकरण मागेको थियो। तर, ढकालले पार्टी सभापति रवि लामिछानेमाथि अनेक आरोप लगाउँदै जवाफ दिएका थिए। जसका कारण उनलाई निष्कासन गरिएको हो।
प्रकाशित मिति: मंगलबार, भाद्र ११, २०८१
प्रकाशित समय: १५:११:०८