Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले एक पृथक् कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालबाट कलाकारहरूको बाक्लो संख्यामा उपस्थित भई विभिन्न सांगीतिक कार्यक्रमहरू बाक्लै हुने गरेको जापानमा अनेसास जापानले भने एक पृथक् कार्यक्रमको आयोजना गरेको हो ।

जापानमा पहिलोपटक नेपाली गजलका प्रणयता मोतीराम भट्टको १५९औं जन्मजयन्तीको अवसरमा नेपाली युवा पुस्ताका गजल हस्ती प्रदीप रोदनको साथमा ‘अनेसास जापान गजल साँझ-२०२४’को आयोजना गर्न लागिएको अनेसास जापानका अध्यक्ष अरुण पौडेलले जानकारी दिए ।

उनकाअनुसनर आगामी अगस्ट ३१ तारिख टोकियो ओकोबूस्थित च्’क ब्चत अयगचत हलमा ३ बजेबाट कार्यक्रम सुरु हुनेछ । यसैगरी सेप्टेम्बर ४ तारिख ओशाकास्थित जिग्री दोहोरी साँझमा र सेप्टेम्बर ८ तारिखका दिन नागोया फुसीमीस्थित दैलो रेस्टुरेन्टमा साँझ ४ बजेबाट कार्यक्रम हुने तय भएको छ ।

गजल भन्ने बित्तिकै प्रायः प्रणय भाव हुने भएकोले पनि गजल साँझ हामी नेपाली बिचमा आत्मीयताको साँझको रूपमा साहित्यिक मनहरूलाई जोड्न कोशेढुंगा साबित हुने अनेसास जापानका निवर्तमान अध्यक्ष रवीन शर्मा बताउँछन् । युवा पुस्ता माझ निकै लोकप्रिय गजलकार प्रदीप रोदन समाजका विकृति विसंगतिदेखि राजनीतिसम्म, प्रेम प्रणयदेखि बिछोडका पीडाहरूलाई गजलमार्फत पोख्ने गर्छन् ।

जापानमा पहिलोपटक विभिन्न शहरहरुमा हुन गइरहेको यस कार्यक्रममा आफूलाई उपयुक्त हुने स्थानमा उपस्थित भई सफल बनाउन जापानवासी सम्पूर्ण साहित्यिक मनहरूमा अनेसास जापानले आग्रह गरेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया