Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

अन्तरिक्षमा अलपत्र दुई अन्तरिक्षयात्रीलाई स्पेसएक्सले 'फेब्रुअरीमा फिर्ता ल्याउने'काठमाडौं – अन्तरिक्षमा विगत दुई महिनादेखि ‘अलपत्र’ परेका नासाका दुई अन्तरिक्ष वैज्ञानिकहरू आगामी वर्ष फेब्रुअरी महिनामा स्पेसएक्स कम्पनीको सहयोगमा पृथ्वी फर्किने भएका छन् ।

अमेरेिकी अन्तरिक्ष निकाय नासाका अनुसार सुनीता विलिअम्स र ब्यारी विल्मोरलाई अन्तरिक्षमा लिएर गएको ‘बोइङ स्टारलाइनर’ अन्तरिक्षयान भने उनीहरूबिनै फर्किने छ । उक्त यान विलिअम्स र विल्मोरलाई लिएर गत जुन ५ मा आठदिने अभियानका लागि अन्तरिक्षमा गएको थियो ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ‘आईएसएस’ तिर जाने क्रममा उक्त यानमा प्राविधिक समस्या उत्पन्न भएपछि दुई अन्तरिक्षयात्रीहरूले अझै आठ महिनाजति पृथ्वीको परिक्रमा गरेर बिताउनुपर्ने भएको छ । ‘प्रपल्शन’ प्रणालीमा इन्धन प्रवेश गराउने ‘हीलिअम’ चुहिने लगायतका समस्या उक्त स्टारलाइनर नामक यानमा देखा परेको थियो। उक्त यानमा जडित केही ‘थ्रस्टर’हरूले पनि राम्ररी काम गरेका थिएनन् ।

नासाले आफ्ना अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्षमा पठाउन बोइङ र स्पेसएक्स दुवै कम्पनीसँग सहकार्य गरेको छ । बोइङले ४.२ अर्ब डलरको र इलोन मस्कले स्थापना गरकेो स्पेसएक्सले नासासँग २.६  अर्बको सम्झौता गरेका छन् । स्पेसएक्सले अहिलेसम्म नासाका लागि मानवसहितका नौवटा र केही व्यावसायिक उडान गरेको छ। तर मानवलाई अन्तरिक्षमा लैजाने प्रयासमा बोइङको यो पहिलो संलग्नता थियो ।

बोइङ र नासाका इन्जिनियरहरूले स्टारलाइनर अन्तरिक्षयानको प्राविधिक समस्याहरू बुझ्न धेरै महिना खर्चेका छन् । उनीहरू पृथ्वी र अन्तरिक्ष दुवै स्थानमा परीक्षण गर्दै छन् र डेटा पनि सङ्कलन गर्दै छन् । उनीहरू अहिले देखा परेको समस्याको मूल कारण पत्ता लगाउने र दुई अन्तरिक्षयात्रीलाई सकुशल पृथ्वीमा फिर्ता ल्याउने प्रयास गरेका थिए ।विलिअम्स र विल्मोरलाई ‘स्पेसएक्स क्रू ड्र्यागन’ अन्तरिक्षयानमार्फत पृथ्वीमा फर्काउन उनीहरूलाई फेब्रुअरी २०२५ सम्म आईएसएसमै राख्ने निर्णय गरिएको छ । उक्त अन्तरिक्षयान आगामी सेप्टेम्बर महिनाको अन्त्यतिर प्रक्षेपण गर्ने योजना छ । उक्त यानमा चढेर चार अन्तरिक्षयात्री जाने तय गरिएको थियो। तर विलिअम्स र विल्मोरलाई फिर्ता ल्याउन पर्याप्त ठाउँ पुगोस् भनेर अब दुई जनालाई मात्रै पठाइने छ ।

सुनीता विलिअम्स र ब्यारी विल्मोरले अब के गर्छन् ?
नासाका अनुसार दुवै अन्तरिक्ष वैज्ञानिकले यसअघि पनि लामो समय अन्तरिक्षमा व्यतीत गरेका थिए र उनीहरू अन्तरिक्ष केन्द्रमा बढी बस्नुपर्ने सम्भावनासहित परीक्षण उडानसँग सम्बन्धित अन्य जोखिमबारे अवगत थिए ।

विल्मोर ६१ वर्षका छन् भने विलिअम्स ५८ वर्षकी छिन्। नासाका अनुसार दुवै जना पृथ्वीमा फर्किने योजनामा सहमत भएका छन् । अबका महिनाहरूमा उनीहरू अन्तरिक्षमा विभिन्न वैज्ञानिक कार्य र अन्तरिक्षयानको मर्मतमा संलग्न हुने छन् । उनीहरू ‘अन्तरिक्षमा हिँड्ने’ पनि छन् ।

यसअघि विकास र निर्माणको चरणमा उत्पन्न प्राविधिक समस्याका कारण बोइङको स्टारलाइनर प्रक्षेपण गर्ने योजनामा केही वर्षको विलम्ब भएको थियो । -बीबीसीSamudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया