समाचार सुन्नुहोस :
काठमाडौँ – ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै छन्। परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
भ्रमणको क्रममा दुई देशका विदेशमन्त्रीबीच आपसी सम्बन्ध र हितका विविध पक्षमा छलफल हुने जनाइएको छ। नेपाल बसाइका क्रममा विदेशमन्त्री बसैदीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। उनी भोलि ओमान फर्किनेछन्।