Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शनिबार साँझ सुनकोसी नदीमा खसेको गाडी फेला परेको छ। खोटाङको हलेसीबाट भक्तपुर जाँदै गरेको प्रदेश ३ ०१ ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट खस्दा बेपत्ता भएको थियो। सो गाडी आइतबार बिहान २ बजे भेटिएको हो।

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावबाट गाडीलाई जेसिभीको सहायतामा झिकेर किनारमा ल्याएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिएका छन्। प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तल भेटिए पनि चालकसहित तीन जना अझै बेपत्ता छन्। बेपत्ता व्यक्तिहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन्। उनीहरूको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरू जुटेका छन्।

गाडीमा चारजना सवार थिए। हाम्फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया