Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024

काठमाडौं – ५ वर्षअघि काभ्रेको पनौती घर भएकी ममता काफ्लेको चिनचान कञ्चनपुरका नरेश भट्टसँग भएको थियो । भट्ट त्यतिबेला अमेरिकामा थिए । सामाजिक सञ्जालबाटै उनीहरुबीच प्रेम सम्बन्ध स्थापना भएको थियो ।

प्रेम सम्बन्धपछि ०७७ साल मंसिर २५ मा दुवैले बिहे गरेका थिए । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका लागि उडिन् । तर, गत साउन १६ गते भर्जिनियाबाट ममता एकाएक बेपत्ता भएकी थिइन् । उनी बेपत्ता हुनमा नरेशकै हात रहेको प्रहरीले बताइरहेको छ ।

युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा बालरोग नर्सको रूपमा कार्यरत ममता भट्टको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताएको छ । अमेरिकी मिडिया फक्स ५ ले  नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको र उनको शवलाई मानसस पार्कमा रहेको आफ्नो घरबाट घिसारेर बाहिर निकालेको आरोप लगाएको छ ।

ममताको शव फेला नपरेको कारण अहिले नरेशविरुद्ध मृत शरीर लुकाएको सम्बन्धमा छैटौं श्रेणीको आपराधिक आरोप लगाइएको छ । ब्लुस्टार टेक्नोलोजीको साथमा थप परीक्षणले त्यो रगत भएको पुष्टि भएको थियो ।

अभियोजनकर्ताहरूले अदालतमा गरेको दाबीअनुसार ३० जुलाईमा नरेश चान्टिलीको वालमार्टमा गएर तीनवटा चक्कुहरूको प्याकेट किनेका थिए । तर उनको घरको खोजीमा एउटा मात्र चक्कु फेला परेको थियो । वालमार्टको सीसीटीभी फुटेजमा पनि नरेशले जुलाई ३१ मा विभिन्न सफाइ सामग्रीहरू खरिद गरेको देखिएको थियो ।

उनले किनेको र हराइरहेको चक्कु हत्या गर्न प्रयोग गरेको र सफाइ सामग्रीहरू हत्यापछि घटनास्थल सफा गर्न प्रयोग गरेको प्रहरीको आरोप छ ।

घटनापछि  नरेशको घरमा खोजतलास गर्दा घर अव्यवस्थित अवस्थामा फेला पारेको थियो । खानतलासीको दुई दिनअघि नरेशले आफ्नो टेस्ला कार बेचेको अनुसन्धानकर्ताहरूले बताएका छन् । घरमा जाँदा नरेश भट्ट र उनकी छोरी दुवैका लागि सुटकेस प्याक गरिएको थियो र पासपोर्ट तयारी अवस्थामा थियो । नरेशले आफ्नो घर पनि बेच्न केही त्यत्तिहरूसँग छलफल गरेको खुलेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया