Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक समर्थन नदिइने कुरा प्रस्ट्याएकी छिन्। आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विश्वविद्यालयमा यस्ता क्रियाकलापहरूको नियन्त्रण आवश्यक रहेको औंल्याइन्।

त्रिभुवन विश्वविद्यालयमा देखिएको गुण्डागर्दी नियन्त्रणका लागि गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मागेको भन्दै उनले विश्वविद्यालयमा राजनीति होइन, गुण्डागर्दी भइरहेको बताइन्।“हरेक क्षेत्रमा गृह मन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो।” उनले भनिन्

उनले विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिक गतिविधि सह्य नहुने बताउँदै, यस्ता क्रियाकलापहरूको विरुद्ध सुरक्षा मागिएको उल्लेख गरिन्। यस्ता गतिविधिहरूलाई राजनीतिक संरक्षण हुनु नहुने उनको धारणा थियो। मन्त्री भट्टराई नवलपुरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन भरतपुर आइपुगेकी हुन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया