Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकामा नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा उनका श्रीमान् नरेशदत्त भट्टलाई ‘शव लुकाएको’ आरोपमा पक्राउ गरिएको छ। उनलाई विहिबार दिउसो पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ममता बेपत्ता भएको दुई हप्तापछि उनका श्रीमान्लाई पक्राउ गरिएको हो। दुई हप्ता भन्दा बढी समयदेखि ममता बेपत्ता छिन्। अमेरिकी प्रहरीले उनको खोजी जारी राखेपनि अझै पत्ता लगाउन सकेको छैन। २७ वर्षीया ममता २७ अगस्टदेखि सम्पर्कविहीन भएकी थिइन् तर श्रीमान् नरेशले प्रहरीलाई ढिलो गरी जानकारी दिएका थिए।

प्रहरीले गुप्तचर विभाग र कमनवेल्थ न्यायाधिवक्ताको कार्यालयसँगको परामर्शपछि भट्टलाई पक्राउ गरेको जनाएको छ। ममता अन्तिम पटक साउन १६ गते मनसास पार्कमा देखिएकी थिइन्। ममताका एक वर्षीया छोरीलाई सामाजिक सेवा विभागले स्याहार केन्द्रमा पठाएको छ। नरेशलाई थप अनुसन्धानका लागि शुक्रबार अदालतमा उपस्थित गराइनेछ।

यो पनि पढ्नुहोस : अमेरिका भर्जिनियाबाट बेपत्ता भएकी ममता काफ्ले २० औ दिन सम्म पनि फेला परिनन्

तपाईको प्रतिक्रिया