Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरमा भैँसीले मारेको बाघको पोस्टमार्टम गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर प्रतापपुरका बलबहादुर राईको गोठमा पुगेर भैँसीको आक्रमणबाट मरेको बाघको पोस्टमार्टम गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिहीबार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो भने बाघको आक्रमणबाट भैँसी घाइते भएको पाइएको छ । घटनापछि चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा मृत बाघको पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टममा रिपोर्टका अनुसार भैंसीको प्रतिकारमा मरेको बाघ पहिलेदेखि नै घाइते र अशक्त रहेको पाइएको हो ।

पोस्टमार्टममा संलग्न निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले उक्त बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको जानकारी दिए । उक्त बाघ ८ वर्षजति उमेरको रहेको पाइएको छ ।

दुब्लाएर अत्यन्त अशक्त भएका कारण बस्ती छिरेको बाघ भैंसीको गोठमा पुगेको र भैंसीले आफ्नो रक्षाका क्रममा हान्दा बाघको संवेदनशील स्थानमा लागेर मृत्यु भएको हुनसक्ने उनले बताए । बाघको टाउकोमा र शरीरको पछिल्लो भागमा नयाँ घाउ देखिएको छ । टाउकोको चोटले बाघको ज्यान गएको हुनसक्ने डा. श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया