Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक मुद्दा दायर गरेका छन्। अमेरिकामा बसोबास गर्ने उक्त चिनियाँ व्यक्तिमाथि चीनको गुप्तचर एजेन्सीको जासुस भएको आरोप लगाइएको छ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार, ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कमा पक्राउ गरिएको छ। उनलाई एफबीआईलाई गलत बयान दिएको आरोपमा पनि कारबाही गरिएको छ।

अमेरिकी न्याय विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्रमा संलग्न भएको, र एफबीआईलाई झुठो बयान दिएको आरोपमा आपराधिक मुद्दा लगाइएको छ।’

ताङमाथि इ-मेल, इन्क्रिप्टेड च्याट र अन्य संचार माध्यमहरू मार्फत लगातार सन्देश आदानप्रदान गरेको आरोप छ। साथै, उनले नियमित रूपमा एमएसएस अर्थात् राज्य सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै आएको समेत रिपोर्टमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया