Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्य थप घटेको छ । युरो पाउन्डसहितका केही मुद्रा भने महँगिएका छन् ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा थियो । हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो ।

युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा थियो ।

बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ । कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४० रुपैयाँ थियो ।

बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ र बिक्रीदर ३५६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २९ र बिक्रीदर ३५६ रुपैयाँ ८९ पैसा थियो ।

तपाईको प्रतिक्रिया