Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको भर्जिनियामा बस्दै आएकी २८ वर्षीया नेपाली युवती ममता काफ्ले गत साउन १६ गतेदेखि बेपत्ता भएकी छन। यो कुराले नेपाली प्रवासी समुदायमा ठूलो चिन्ता र हलचल ल्याएको छ। ममता काफ्ले अमेरिकामा नर्सको रूपमा कार्यरत थिइन। उनले १० महिने छोरीलाई घरमा छोडेर बाहिर निस्किएपछि हराएकी हुन्।

ममताको हराएको आज २० दिन भइसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी नभेटिँदा परिवार र समुदायमा चिन्ता बढ्दै गएको छ। ममताको खोजीमा भर्जिनिया पुलिसले सामाजिक सञ्जाल र भौतिक खोजी अभियानहरू सञ्चालन गरिरहेको छ। तर अहिलेसम्म कुनै ठोस सुराग फेला परेको छैन। मनासस पार्क पुलिस डिपार्टमेन्टले ममताबारे सूचना संकलनका लागि सर्वसाधारणलाई पनि सहयोग गर्न आग्रह गरेको छ।

ममता हराएपछि तीन दिनसम्म उनका श्रीमान् नरेश भट्टले प्रहरीमा रिपोर्ट नगरेको खुलासा भएको छ। भट्टले रिपोर्ट गरेपछि मात्र ममताको खोजी औपचारिक रूपमा सुरु भएको थियो। प्रहरी अधिकारीहरूले ममताको निवासमा गएर अनुसन्धान गरेका छन् र उनका श्रीमान् नरेशसँग सोधपुछ गरेका छन्। प्रहरीले ममता बेपत्ता प्रकरणलाई गम्भीरता साथ लिएको छ। अनुसन्धानका क्रममा ममता पछिल्लो समय परिवार, साथीहरू र रोजगारदातासँग कम सम्पर्कमा रहेको पाइएको छ। प्रहरीको शंका छ कि उनलाई कसैले जबरजस्ती गायब गराएको हुन सक्छ।

अहिलेसम्म ममताको अवस्थाबारे कुनै ठोस जानकारी फेला नपरेपछि उनलाई देख्नेलाई ५ हजार डलर पुरस्कार दिने घोषणा गरिएको छ। नेपाली समुदायले यस घटनालाई रहस्यमय मान्दै ममताका श्रीमान् नरेश भट्टमाथि थप कडा अनुसन्धानको माग गरेका छन्। ममताको फेसबुक पोस्टले पनि उनीहरूबीचको विवादबारे संकेत गरेकोले समुदायको शंका झन् गहिरिएको छ। यस घटनाको पृष्ठभूमिबारे प्रहरीको अनुसन्धान जारी छ तर ममताको अवस्थाबारे अहिलेसम्म कुनै प्रगति भएको छैन।

तपाईको प्रतिक्रिया