Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – अध्ययनका लागि दक्षिण कोरिया पुगेकी एक नेपाली युवतीको मृत्यु भएको छ । इलामको माई नगरपालिका-१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको आइतबार मृत्यु भएको हो ।

दक्षिण कोरियाको उल्सान विश्वविद्यालयमा अध्ययनरत सोनुको मृत्यु भएको इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालले पुष्टि परे । उनको मृत्युबारे परिवारले खबर पाइसकेको छ । ६ महिनाअघि गत फेब्रुअरीमा विद्यार्थी भिसा (D2)मा कोरिया गएकी श्रेष्ठको के कारणले मृत्यु भएको स्पष्ट भएको छैन ।

उनको शव नेपाल पठाउनका लागि आफूहरूले पहल गरिरहेको पनि अध्यक्ष खनालले जानकारी दिए । उनका बुवा लिला कुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । मलेसियामा रहेका लिला कुमारको पनि तीन महिनाअघि मात्रै निधन भएको थियो ।

तपाईको प्रतिक्रिया