काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित तिपेनीमा सुख्खा पहिरो खसेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदी थुनिएर एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । पाँचपोखरी थाङपालका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिकाका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिकाका वडा नं. १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।