Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले शेख हसिनाको डेढ दशक लामो ‘क्रूर तानाशाही’ शासनकालमा देशका लगभग सबै संस्थाहरु ध्वस्त पारेको बताएका छन् । उनले हसिनाको शासनकालमा चुनावमा समेत धाँधली भएको आरोप समेत लगाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राजधानी ढाकामा विदेशी कुटनितिज्ञहरुसँगको भेटघाट प्रमुख युनुसले हसिनामाथि यस्तो आरोप लगाएका हुन् । युनुसले भारतका उच्चायुक्त प्रणय वर्मालगायत ढाकामा उपस्थित कूटनीतिज्ञहरूलाई आफ्नो प्रशासनले छिट्टै स्वतन्त्र, निष्पक्ष र सहभागितामूलक चुनाव गराउने आश्वासन समेत दिएका छन् ।

युनुसले आफ्नो सरकारले छिट्टै निष्पक्ष निर्वाचन गराउने तर निर्वाचन आयोग, न्यायपालिका, निजामती प्रशासन, सुरक्षा बल र सञ्चारमाध्यममा पूर्ण रुपमा उल्लेख्य सुधार भएपछि मात्र मतदान हुने स्पष्ट पारेका छन् । डेढ दशकसम्म निर्मम दमनद्वारा हसिनाले प्रजातान्त्रिक अधिकारहरू दबाएको, न्यायपालिकालाई समेत पूर्ण रूपमा ध्वस्त पारेको उनको आरोप छ ।

८४ वर्षीय युनुसले देशको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग समेत मागेको बंगलादेशी सञ्चारमाध्यम डेली स्टारले उल्लेख गरेको छ । उनँले क्रान्तिकारी विद्यार्थीहरूले देशलाई समृद्ध लोकतन्त्रमा परिणत गर्ने अर्थपूर्ण र गहिरो सुधार गर्न चाहेको बताउँदै यो काम ठूलो भएको तर सबै जनता र अन्तर्राष्ट्रिय समुदायको सहयोगले सम्भव हुने विश्वास व्यक्त गरेका छन् । हसिना जुन १९९६ देखि जुलाई २००१ र फेरि जनवरी २००९ देखि अगस्ट २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री थिइन् ।

तपाईको प्रतिक्रिया