समाचार सुन्नुहोस :
काठमाडौँ – आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
यसअघि साउन २९ गते सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। तर आज, सुनको मूल्य बढेर प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको छ। जसले पछिल्लो रेकर्डभन्दा प्रतितोला १ हजार ८ सय रुपैयाँको वृद्धि देखाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा भइरहेको छ। शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो, जसको तुलनामा आइतबार प्रतितोला ३ हजार रुपैयाँको वृद्धि भएको हो।