समाचार सुन्नुहोस :
काठमाडौँ – बागमती नदीमा खसेर बेपत्ता भएका बंगलादेशका नागरिकको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली आजबाट खटिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपद् उद्धार गण नं. २० बाट चार जना गोताखोरसहित १० जनाको टोली खोजी कार्यमा परिचालित गरिएको छ।
शनिबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१, सुन्दरीजलस्थित बागमती नदीमा फोटो खिच्ने क्रममा एक बंगलादेशी नागरिक खसेर बेपत्ता भएका थिए।