Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – भारतको पश्चिम बंगालको कोलकातामा एक प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावासको अगाडि प्रदर्शन गरेका हुन्।

कोलकाताको आरजी कर अस्पतालमा ३१ वर्षीया महिला चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या भएको थियो। उनको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो।

अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्युटी सकेर आराम गर्न गएकी थिइन्। यस घटनाको विरोधमा भारतका विभिन्न सहरहरू जस्तै कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई र प्रयागराजमा समेत विरोध प्रदर्शन गरिएको छ। यी प्रदर्शनहरूमा मुख्यतया चिकित्सकहरूले नेतृत्व गरेका छन्।

तपाईको प्रतिक्रिया