काठमाडौं – सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो ।
यसअघि बेल्जियम खाली राखेर अन्य देशमा मात्र राजदूत सिफारिस गरिएको थियो । बेल्जियमको ब्रसेल्समा युरोपेली आयोगको मुख्यालय रहेकाले यहाँको जिम्मेवारीलाई महत्त्वपूर्ण मानिन्छ ।
लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।