समाचार सुन्नुहोस :
काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ८ जना राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्। जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्री हटाएका हुन् । सिंहले सरकारमा समावेश दलहरूसँगको सल्लाह अनुसार राज्यमन्त्रीहरूलाई हटाएको जानकारी दिए।
मुख्यमन्त्री सिंहले साउन २० गते रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्गलाई राज्यमन्त्रीमा नियुक्त गरिएको थियो।
अब मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्रीमात्र रहने छन्।