समाचार सुन्नुहोस :
काठमाडौँ – भारतका विदेश सचिव विक्रम मिस्रीले नेपालको दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। आइतबार बिहान नेपाल आएका मिस्रीले दिउँसो ३:३० बजेपछि प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन्। यसअघि, मिस्रीले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन र अवलोकन गरेका थिए।
भारतको विदेश सचिवको रूपमा मिस्रीको यो पहिलो नेपाल भ्रमण हो। सोमबार बिहान ११:४५ बजे उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ। मिस्री सोमबार साँझ स्वदेश फर्किनेछन्।